चाँदी झै टल्कने सेता, विशाल र अटल हिमालहरु, पहाडका मनमोहक डाँडा काँडाहरु अनि तराईका क्षितिजै सम्म देखिने हरियाली फाँटहरुलाई अस्थायी रुपमै भएपनि तिलाञ्जली दिएपछि �जननी जन्म भूमिश्च स्वर्गादपी गरीयसी� (जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दा पनि ठूला हुन् ) को मुल मर्म मानषपटलमा मज्जाले घुस्तो रहेछ जस्तो लाग्छ । आफ्नो देश, भेषभुसा, संस्कृति, परम्परा अनि आफ्ना मनिसहरु जसको कुरै बेग्लै छ । कहाँबाट कसरी बर्णन सुरु गर्ने, जति नै बखान गरेपनि अधुरै, अपुरै रहन्छ । तैपनि, झिनो प्रयास गर्न मनले सधै उचालिरहन्छ, वाध्य बनाइरहन्छ र कलम समाउन कचकच गरिरहन्छ ।
हातको मैला सुनको थैला के गर्नु धनले साग र सिस्नु खाएको बेस आनन्दी मनले. . . देबकोटाको मनले जस्तो साग र सिस्नुमा आफ्नो मन नमानेपछि मीठो खाने र लाउने आसमा मातृभूूमिलाई छोड्न करै लाग्यो । बिदेशी भूमिमा श्रम बगाईरहदा स्वदेशको महत्व, माया र आस्था अरु प्रगाढ हुदो रहेछ । त्यसैले, लाग्छ कुनै प्रवासीले स्वदेशलाई त्यति चाँडो भुल्न सक्दैन जति चाँडो घर बनाएर न्यानोसँग बास बस्न थालेपछि मनिसहरु डकर्मीलाई भुल्ने गर्दछन् । हरेक प्रवासीलाई यस्तो लाग्दो हो । साँच्चै भन्ने हो भने हरेक नागरिकको नशा नशामा मातृभूमि प्रतिको आशक्ति रगतमा मिसिएर देशभक्ति दौडिनु पर्छ ।
उजाड मरुभूमिमा क्षितिजै सम्म देखिने ढुङ्गे बगरहरु हेर्दा अनि खपिनसक्नु गर्मीमा कामको थकान मेट्न टुसुक्क बस्दा एक घुट्को पानीको लागि यताउति भौतारिनु पर्दा नेपालका छ हजार भन्दा बढी नदीनालाहरु आँखामा अविरल बगिरहन्छन् । कृतिम र आयातित बगैचाका फूलहरुले जति नै मादकता छर्ने कोशिश गरेपनि ति केही होइनन् जसले प्राकृतिक बगैचाका धुलककणहरु सँग मित लगाएर लडिबुडि गर्दे बालपन बिदा गरेको होस् । कंक्रिट जंगलको छहारीले कति शितलता प्रदान गर्न सक्छ र जसका लागि चारकोसे झाडी जीवनको अभिन्न अंग थियो । संसारको कुना कन्दरामा पुगेर कथित तल्लो दर्जाको मानिने श्रम बगाएर निम्न कोटीको पारिश्रमिक लिदा समेत शिरको सगरमाथा सम्झेर प्रवासी आफुलाई कहिल्यै होचो महसुस गर्देनन् ।
अथाह प्राकृतिक स्रोत र साधन माथि लम्पसार परेको देशको भूभागमा अटाउन नसकेपनि देशलाई सम्झिन र माया गर्न सात समुन्द्र पारिका सीमारेखाहरु अबरोध बन्न सक्दैनन् । जहाँको धर्ति कुल्चिएर बामे सर्दे हिड्न सक्ने भयाँै, त्यसले हामीलाई एउटा पहिचान दिएको छ, सुन्दर नाम दिएको छ अनि स्वभिमानी र परिश्रमी बन्न सिकाएको छ । चारो खोज्न दिनभर यत्रतत्र भौँतारिएपनि साँझ परेपछि मुन्टो लुकाउने आश्रय दिएको छ । त्यसैले, देशले के दियो भन्नु भन्दापनि हामीले देशलाई के दियौँ भन्ने तर्फ सोच्नु श्रेष्यकर छ ।
कस्तो दुर्भाग्य, ८३ हजार मेघावाट जलविद्युत उत्पादन क्षमता भएको विश्वकै दोश्रो जलस्रोत धनी देश आज अन्धकारमा रुमलिरहेको छ । अपार जलस्रोतको समुचित प्रयोग गर्न सकेको भए मात्र पनि नेपाल धेरै अगाडि हुने थियो । पर्यटन उद्योगको प्रचुर सम्भावना हुँदा हुँदै पनि त्यसबाट सोचे जस्तो लाभ लिन नसक्नु हाम्रो कमजोरी हो । लगानी गर्ने क्षमता मात्र नभएर हो भन्ने कुरामा किञ्चित विश्वास लाग्दैन । कुनैपनि परियोजना संचालानार्थ खै कहाँ छ शान्ति ? राजनैतिक स्थिरता किन कायम हुन सकेन ? कुर्सीकै वरिपरि मात्र घुमिरहने स्वार्थी नेता, अनि आफु मात्र बहादुर सम्झने राजनैतिक दलका नेतृत्वकर्ताहरुको अंहमपना गणतन्त्र सम्म आइपुग्दा पनि कुनै परिवर्तन नदेखिनु अत्यन्तै निन्दनीय छ ।
देशमा निहित प्राकृतिक स्रोत र साधनको समुचित उपयोग गर्न सकेको भए चारैतिर प्रवासमा भासिएका २० लाख नेपालीका लागि नेपालको भूूगोल कदापि साँगुरो महसुस हुने थिएन । कति दिन सम्म आफ्नो दारिद्र्यता प्रदर्शित गर्दै सहयोग र अनुदानका लागि बिदेशी सामु हात फैलाउने ? अब त आत्मनिर्भर बन्न सिकौँ न । साउथ ब्लक र पेन्टागनको पछि दौडेर हामी कहाँ सम्म पुग्छाँै ? नेपालीका लागि नेपाली मनको, आफ्नै पनको सरकार गठन गराँै न । यसका लागि बस् नेपाली मनहरु एक ठाँउमा मिल्न जरुरी छ । आफ्नो स्वार्थ अनुसार बिदेशीको बुई चढन छोड्नु पर्छ । सबैले के बुझ्नु जरुरी छ भने सर्पलाई दूध पियाएर जति नै स्याहार सुसार गरेपनि मौका मिल्ना साथ त्यसले हामीलाई डस्छ ।
बेमौसमी आन्दोलनको आँधीबेहरी सिर्जना गरेर सत्तामा पुग्न पालैपालो देश जलाइरहने दलहरु, त्यसमा पेट्रोल छर्केर निभ्न नदिई आफ्नो स्वार्थ पुर्तिमा लागिरहने बिदेशीहरु अनि तिनै बिदेशीका पछि नलागे सम्म कुुर्सी जोगाउन गाह्रो पर्ने नेपाली नेताहरुको घृणित कार्यले देश गहिरो खाडलतिर जाकिरहेको देख्दा प्रवासीको मन मर्माहत् हुन्छ । एकपटक देशको माटोलाई मुठ्ठीमा लिएर अन्तरआत्मालाई सोध, तिमीहरु के गरिरहेका छौ ? र देश अनि देशबासीलाई के चाहिएको छ ।
शान्तिको नाम बेचेर अशान्तिको खेती गर्नेहरु हो अब खोरीया बारीहरुमा बुद्ध उमार्नु पर्छ । हरेक नेपाली मनहरु जोडेर सगरमाथा देखि केचना कलन (नेपालको सबैभन्दा होचो भूभाग) सम्म एउटा सेतु बनाउनु पर्छ । को हिमाली, को पहाडी, अनि को मधेसी ? सबभन्दा पहिले हामी समग्र नेपाली हैनौँ र । आफ्नो घरमा आगो लगाएर जाडो छल्न खोज्नेहरुले सोच्नुपर्छ कति दिन सम्म न्यानो अनुभव गरिएला ।
देशको रुग्ण अर्थतन्त्र धानिरहेका प्रवासीहरु बैदेशिक रोजगारीमा आउने क्रममा ठगिने काम अहिले सम्म रोकिएको छैन । खाडी राष्ट्रमा गैह्रकानूूनी ठहर्याईएको घरायसी काममा नेपाली महिलाहरु आउने क्रम जारी नै छ । बैदेशिक रोजगारीका यावत समस्याहरु मध्यान्ह्रको घाम जस्तै छर्लङ्ग हुँदा समेत सरकार सधैँ किन मौन रहन्छ ? प्रवासी नेपालीहरुका पीरमर्का र बैदेशिक रोजगारीमा रहेका विविध समस्याहरुको दिर्घकालिन समाधानका लागि यथासक्य चाँडो पहल होस ।

No comments:
Post a Comment