Monday, April 18, 2011

म पनि प्रधानमन्त्रीको दाबेदार


अंक गणितको त माहिरै हुँ
ऐच्छिक गणित पनि घोकेको छु  
सत्ताको जोड घटाऊ सिकेकै छ
भागबण्डाको भाषण दिएकै छ 
लागेन त मेरो कुरा दमदार
म पनि प्रधानमन्त्रीको दाबेदार । 

अर्थशास्त्रको उच्च बिद्धान हुँ
करको दायरा दामी पार्नेछु
छानो निकालेर छत लगा’कै हो
भत्ता झिकेर भात खा’कै हो
छैन् त मेरो कुरा वजनदार
म पनि प्रधानमन्त्रीको दाबेदार

कुटनीतिको त कुरै छोड्नुुस
लुटनीतिको पनि ज्ञान छ 
दक्षिणको फुर्तिलाई दबाउन
उत्तरको अस्त्र उत्तम छ 
भेटिएन अझै यो देशको पहरेदार 
म पनि प्रधानमन्त्रीको दाबेदार । 

दातृ राष्ट्रसँग दान लिनेनै छु
भातृ संस्थालाई भरोसा दिलाउने छु 
कर्मचारीलाई काईदा हुनेछ
कार्यकर्तालाई फाइदा हुनेछ 
जनताको लागि मजेदार
म पनि प्रधानमन्त्रीको दाबेदार । 

चुनावमा पनि चुनिएकै छु
थुनामा पनि थुनिएकै हँु
सबैको हातमा संविधान दिनेछु
शान्ति र सुरक्षा सदावहार पार्नेछु
तपाईको एक मात्र भरोसेदार
म पनि प्रधानमन्त्रीको दाबेदार । 

No comments: