उसको
घरमा जान मलाई कुनै कारण चाहिदैनथियो । एक बिहान चिया पिउदै उसैको घरमा
गफगाफ चल्दैथियो ।त्यतिकैमा उसको स्कूल पढ्ने छोरा आयो र भन्न थाल्यो-
'बाबा! हजुरको मोबाईल एकछिन दिनुन् । म र मेरो साथी फोटो खिच्छौ ।' सुरुमा
उसले दिन मानेको थिएन तर उसको छोराले धेरै नै कर गरेपछि म तिर हेरेर
मुसुक्क हाँस्दै छोरालाई मोबाईल दिदै भन्यो- 'भुँइमा झार्लास नि । यो धेरै
महङ्गो छ ।'
उसको छोरो खुशी हुँदै भर्याङ्गबाट छिटो-छिटो
तल ओर्लिन थाल्यो । दुर्भाग्यवश! उ भर्याङ्गबाट चिप्लियो र आँगनमा जोडले
बजारिन पुग्यो । मोबाईल उछिट्टिएर आँगनको अर्को कुनामा पुग्यो । थुक्क
मोराले त्यस्तो राम्रो मोबाईल फुटाइहाल्यो नि भन्दै उ हत्तपत्त तल झर्यो,
अनि मोबाईल उठाएर हेर्न थाल्यो । म पनि ओर्लेर छोरालाई उठाउन खोज्दैथे,
उसकी श्रीमती पनि आत्तिदै छोरो समाउन आइपुगिन । छोरो रोइरहेको थियो। उसकी
श्रीमती पनि ला,,,,छोराको हात भाँचिएछ,टाउको पनि फुटेछ,,,, भन्दै रुन
थालिन । अस्पताल लान मैले छिमेकीलाई गाडी लिएर आउन भने र उ तिर पुलुक्क
हेरे । उ अहिलेसम्म मोबाईल सफा गर्दैथियो । वाह् ! क्या मोबाईल मोह ।