फाटेको जिन्दगी जसोतसो सिउदै छु साथी
लिएर कृतिम अक्सिजन जिउदै छु साथी
हत्केला देखाइ सूर्यलाई छेक्नेका के कुरा
अमृत ठानेर बिषलाई पिउदै छु साथी !!
अमृत ठानेर बिषलाई पिउदै छु साथी !!
सधैं ढलपल गर्ने, कर्कलाको पानी जिन्दगी
उत्खनन् गर्न गाह्रो छ, बिशाल खानी जिन्दगी
परिभाषाको पर्खाल लगाइ, जति छेकेपनि
समयको शहीद बनिदिने, कति ज्ञानी जिन्दगी !!
No comments:
Post a Comment