रात छिप्पिसकेको थियो ।आजै घरबाट डेरामा आइपुग्नु पर्ने साथी किन आएन होला?
सोच्दै सुत्ने तरखर गर्दै थिए। कसैले एक्कासी ढोका ढकढकायो ।त्राश र
आश्चर्य दुबै मान्दै ढोका खोले ।एउटा अपरिचित, दुब्लो, पातलो केटो ढोकामा
देखियो जो साह्रै आत्तिएको थियो ।उसले स्याँ-स्याँ र फ्याँ-फ्याँ हुँदै
अनुनय गर्न थाल्यो- बचाउनुस् दाई, मलाई बचाउनुस् ।मलाई गुण्डाहरुले
लखेटिरहेछन् ।तिनिहरुले भेटे भने मलाई मार्ने छन् ।म निर्दोष छु । उसको कुरा मलाई पूर्ण रुपमा विश्वाश नभएपनि तत्कालको लागि आश्रय दिने निर्णय गरे ।
केहिछिनको सन्नाटा पछि आफुलाई बचाएकोमा उसले मलाई धन्यवाद दिदै आफु निर्दोष भएको थुप्रै प्रमाण पेश गर्यो ।म नि उ प्रति विश्वस्त हुँदै गए र उसलाई पर्न सक्ने सम्भावित खतराको महसुस गरि आज यहि बसेर बिहान मात्र जान अनुरोध गरे ।उसले अफ्ठ्यारो मान्दै स्विकार्यो ।उसकै बारेमा सोच्दा सोच्दै ढिलो मात्र निदाएछु ।बिहान छ बजे मात्र आँखा खुलेछ ।ब्युझिने बित्तिकै उसलाई हेरे ।उ सुतेको बेड खाली थियो ।बाहिर निस्केर समेत यताउती खोजे ।उ कतै भेटिएन । छक्क परे कस्तो मान्छे होला,जान्छु पनि नभनि जाने... ।
त्यसपछि,चारैतिर कोठामा आँखा डुलाए ।ओहो! मेरो कपडाहरु र केहि पैसा समेत भएको सुट्केस त्यहाँ थिएन ।बाहिर निस्केर पनि सबैतिर हेरे । उफ! दुई दिन अघि मात्र किनेको जुत्ता पनि राखेको ठाउँमा थिएन ।

No comments:
Post a Comment